के तपाईलाई थाहा छ कुकुरले किन टायर वा रुखको फेद नै खोज्छ पिसाब गर्न ? एक अनौठो तथ्य ! ~ VideoNews
#
Education is the most powerful weapon which you can use to change the world. - Nelson Mandela

Thursday, November 30, 2017

तुर्काउनका लागि किन टायर वा रुखको फेद नै खोज्छ कुकुरले ?
हामीले प्रायः कुकुरले रुखको फेँद वा गाडीको टायरमा पिसाब तुर्काएको देखेका छौँ । यो सामान्य कुरा लाग्छ हामीलाई । तर के कहिल्यै यसको कारण जान्ने कोसिस गर्नुभएको छ, कि आखिर किन कुकुरले पिसाब गर्नका लागि रुखको फेँद वा टायर नै खोज्छ होला ?

कुकुरलाई चाहे जतिठूलो खुल्ला ठाउँमा छाड्नुस् उसले पिसाब गर्नका लागि कुनै रुखको फेद, गाडीको टायर, कहिलेकाहिँ ढोका, भित्ता वा पिल्लर नै खोज्दछ ।


यसको पछाडि एउटा तार्किक कारण रहेछ । वास्तवमा कुकुरले यस्ता चिजमा पिसाब फेर्दछ जो जमिनबाट केही उचाईमा हुन्छ ।

कुकुरले आफ्नो नाकको उचाइमा पिसाब फेर्दछ । ता कि उसले अन्य कुकुरका लागि आफ्नो गन्ध छाड्न सकोस् । यसबाट उसले अन्य कुकुरलाई आफ्नो इलाकाको जानकारी प्रदान गर्दछ । कुकुरले आफ्नो इलाकाका विभिन्न ठाउँमा रहेका रुखका फेँद, गाडीका टायर आदिमा पिसाब फेरेर आफ्नो इलाका तय गरेको हुन्छ ।

तपाइँले ख्याल गर्नुभएकै होला कुकुरको नजिक पार्क गरिराखेको गाडी गुडाउँदा कुकुरले गाडीलाई लखेट्दै परसम्म दौडिन्छ । वास्तवमा उसले टायरमा पिसाब फेरेर आफ्नो साँध तय गरेको गाडी गुड्न थालेपछि कुकुर आफ्नो इलाकामा खलल पुग्न गएको अनुभव गरी आफ्नो साँध सिमानाको रक्षाका लागि प्रतिरक्षामा उत्रिएको हो ।

के तपाईलाई थाहा छ कुकुरले किन टायर वा रुखको फेद नै खोज्छ पिसाब गर्न ? एक अनौठो तथ्य !

Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
#
  • Uploaded by: Bednath
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © VideoNews | Designed by Templateism.com | Blogger Templates