मदन भण्डारी जिवित भएको भए केपी ओली वडाध्यक्षको चुनाव लड्दै हुन्थे- खगेन्द्र संग्रौला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफ्नै अभिव्यक्तिले विवादमा छन् । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले के बोल्ने ने नबोल्ने कुराको ख्याल नगर्दा विवादमा तानिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफ्नै अभिव्यक्तिले विवादमा छन् । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले के बोल्ने ने नबोल्ने कुराको ख्याल नगर्दा विवादमा तानिएका हुन् ।
पछिल्लो समय ओलीले कांग्रेसका संस्थापक नेतादेखि अहिलेका सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजुमाथि असोभनिय टिप्पणी गर्दै हिडेका छन् । जसका कारण उनी आफै आलोचित बन्न पुगेका छन् ।
ओलीले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र विपी कोइराला जिवित भएको भए एमाले प्रवेश गरिसक्थे भन्दै हिडेका हुन् । शुक्रबार मात्रै पोखरामा आयोजित चुनावी सभामा कांग्रेसको कडा आलोचना गर्दै विपी भएको भए एमाले प्रवेश गरिसक्थे भन्ने अभिव्यक्ति चर्चामा छ । उनको यो अभिव्यक्तिको चर्काे आलोचना भइरहेको छ ।
स्वयं विपी पुत्र शशांक कोइरालाले विपी भएको भए केपी ओली कांग्रेसमा हुन्थे भनी जवाफ दिइसकेका छन् । अब यो सूचीमा थपिएका छन, वामपन्थी विश्लेषक खगेन्द्र संग्रौला । संग्रौलाले ओलीललाई व्यंग्य गर्दै वडाध्यक्षसँग तुलना गरेका छन् ।
‘मदन भण्डारी जीवित भएको भए केपी ओली अहिले वडा अध्यक्षको चुनाब लड्दै हुन्थे !’ संग्रौलाले जवाफ दिएका छन् ।
मदन भण्डारी जिवित भएको भए केपी ओली वडाध्यक्षको चुनाव लड्दै हुन्थे- खगेन्द्र संग्रौला
Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
| # |
|
|
Views:
Category:
News

0 comments:
Post a Comment