आफु विरुद्ध भोट खसाल्ने राष्ट्रहरुलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अमेरिकाको चेतावनी ~ VideoNews
#
Education is the most powerful weapon which you can use to change the world. - Nelson Mandela

Wednesday, December 20, 2017

आफु विरुद्ध भोट खसाल्ने राष्ट्रहरुलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अमेरिकाको चेतावनी
अमेरिकाले राष्ट्रसंघीय सुरक्षा परिषद्मा आफु विरुद्ध भोट खसाल्ने राष्ट्रहरुलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएको छ ।

अमेरिकाबाट करोडौं डलर आर्थिक सहयोग लिएको तर आफुविरुद्ध मतदान गरेको भन्दै आक्रोशित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि अमेरिकाले जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिएपछि त्यसलाई कानूनी रुपमा स्वीकार गर्न नमिल्ने भन्दै राष्ट्रसंघले सुरक्षा परिषद् सदस्य राष्ट्रबीच मतदान गराएको थियो । जसमा १५ सदस्य राष्ट्रमध्ये १४ राष्ट्रले अमेरिकी निर्णयविरुद्ध मतदान गरेका थिए ।

मतदानमा अमेरिकाविरुद्ध भोट खसेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।बीबीसी

आफु विरुद्ध भोट खसाल्ने राष्ट्रहरुलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अमेरिकाको चेतावनी

Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
#
  • Uploaded by: Bednath
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © VideoNews | Designed by Templateism.com | Blogger Templates