दलहरुलाई पुर्व राजाको चेतावनी 'अब नेतृत्व मै लिन्छु' ~ VideoNews
#
Education is the most powerful weapon which you can use to change the world. - Nelson Mandela

Sunday, October 22, 2017

दलहरुलाई पुर्व राजाको चेतावनी 'अब नेतृत्व मै लिन्छु'
यसवर्षको वडा दसैंं सर्वसाधारणसँग नमनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका लगाएका छन् ।

उनले सदाझैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइ टीका लगाएका हुन् । भाइटीकाको साईत विहान १०ः४५ मा टीका लगाउन उनी बहिनी शोभाको निवास पुगेका थिए ।

तराई मधेशमा आएको बाढीलगायतको प्राकृतिक प्रकोप र आफ्नो स्वास्थ्यको गडबडीका कारण चिकित्सकको सुझाव भन्दै पूर्व राजा शाहले यसवर्षको वडा दशैंमा भने सर्वसाधारणलाई टीका लगाईदिएका थिएनन् ।

भाइ टीका लगाएपछि छोटो पत्रकार सम्मेलन गर्दै वर्तमान राजनीतिक अवस्थाको बारेमा उनले असन्तुष्टि ब्यक्त गरेका छन् ।पत्रकार सम्मेलनमा आफ्नो विचार राख्दै उनले भने, ‘आजको सुखद दिनमा सबै नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा शुभकामना । दुबो, गोदबारी र मखमली फुल को महत्व नबुझ्ने तर कागजको फुलमा सुगन्ध खोज्ने परिस्थितिमा हिडिरहेको जस्तो लागेको छ । जनताको इच्छा भए अब समय आएकोले जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको छु । देशको परिस्थितिले मागेको समय आयो । सबैले यो चाहाना गर्नु पर्छ ।आज परिवारसँग बसेर रमाइलो गर्ने दिन हो । आज सबै रमाइलो गरेर बस्नु होला । तर मैले भनेको कुरालाई पनि ध्यान दिन आनुरोध गर्दछु ।’

दलहरुलाई पुर्व राजाको चेतावनी 'अब नेतृत्व मै लिन्छु'

Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
#
  • Uploaded by: Bednath
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © VideoNews | Designed by Templateism.com | Blogger Templates