म्यादी प्रहरीको रिजल्ट हेर्न गएकी युवती बलात्कार गर्ने प्रहरी पक्राउ ~ VideoNews
#
Education is the most powerful weapon which you can use to change the world. - Nelson Mandela

Monday, October 23, 2017

सप्तरी प्रहरीले बलात्कारको आरोपमा पक्राउ परेका एक प्रहरी सहित ४ जनालाई सार्वजनिक गरेको छ ।

म्यादी प्रहरीको रिजल्ट हेर्न गएकी २२ वर्षीया युवतीलाई बलात्कार गर्ने एक प्रहरी जवान सहित तीन जना तथा १० वर्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जना गरी चार जनालाई प्रहरीले सार्वजनीक गरेको हो ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले आरोपीहरुमाथी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

म्यादी प्रहरीको रिजल्ट हेर्न सदरमुकाम पुगेकी ती युवतीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान राजेश्वर सरदारले आफू प्रहरीको सहायक निरीक्षक भएको भन्दै जागीर लगाइदिने प्रलोभनमा सगरमाथा अञ्चल प्रहरी कार्यालयको छेउमै रहेको नेपाल टेलीकमको क्वाटरमा लगि बलात्कार गरेको पिडितको भनाइ छ ।

म्यादी प्रहरीको रिजल्ट हेर्न गएकी युवती बलात्कार गर्ने प्रहरी पक्राउ

Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
#
  • Uploaded by: Bednath
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © VideoNews | Designed by Templateism.com | Blogger Templates