अब नेताको पढाई र सम्पत्ति खोजी गरे जेल ~ VideoNews
#
Education is the most powerful weapon which you can use to change the world. - Nelson Mandela

Wednesday, September 5, 2018

 संघियता, गणतन्त्र र धर्म निरपेक्ष खारेज गरेर हिन्दुराष्ट्र र राजतन्त्र नफर्की नेपाल नै खारेज हुन्छ : देबेन्द्रलाल नेपाली वरिष्ठ अधिवक्ता तथा एवं राजनीतिक विश्लेषक देबेन्द्रलाल नेपालीले सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै नेपालको वर्तमानस्थितिमा गणतन्त्र र लोकतन्त्र सँगै हिड्न नसक्ने बताए।नेपाल चीन र भारतको बिचमा छ। यसको रणनितीक महत्व मात्र होइन मनोबैज्ञानिक,सामाजिक,आर्थिक दार्शनिक र सांस्कृतिक महत्व छ। अहिले नेपालको जुन राजनीतिक व्यवस्था छ,जसलाई एसिया नम्बर एक नहोस् भनेर युरोपियन साम्राज्यवादी क्रिश्चियन शक्तिले भारत र चीनलाई अस्थिर गराउन नेपालमाथी गणतन्त्र थोपरेको नेपालीको भनाई छ। नेपालमा गणतन्त्र,संघीयता र धर्म निरपेक्ष व्यवस्थालाई युरोपियन साम्राज्यवादी क्रिश्चियन शक्तिले एसिया नम्बर एक नहोस् भने नेपालमा केहि त्यस्ता व्यक्ति खरिद गरेर यो व्यवस्था थोपरिएको हो।जसमा परम्परा,संस्कृति र धर्मलाई वाद गरिएको नेपालीको दाबी छ।

गणतन्त्र हत्या-हिंसा र घृणामा आधारित भएर,विदेशी शक्तिको इशारामा आएको हो,विधिवत रुपमा आएको होइन।२०४७ सालको संविधान खारेज गर्ने अधिकार राजनीतिक दलका नेता कसैलाई पनि थिएन।त्यो खारेज गर्ने अधिकारै नभएको राजनीतिक दलले खारेज गर्ने जुन अवैधानिक काम गर्यो र जबर्जस्ती अहिलेको संविधान जारी गरिएको नेपालीले बताए।नेपालीले अगाडि भने-‘२०७२ सालमा संविधान जारी गर्दा देश खारेज हुने देखेर संविधान जारी नगर भनेर हामीले भनेका थियौ।संविधान जारी नगर्न सर्बोच्च अदालतमा मुद्धा परिरहेको अबस्थामा जबर्जस्ती संविधान जारी भएको हो।’

‘बाम गठबन्धनलाई जनताले भोट दिएको होइन,जनताको भोट खरिद गरिएको हो।प्रचण्डको छोरीको लागी शेरबहादुर देउवा र सशांक कोइराला चितवनमा भोट माग्न गएका हुन् जुन कांग्रेसले सहि गरेको थिएन’,नेपालीले भने।बिमिस्टेकको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो पोस्टर लगाएर आफ्नै प्रचार गरेको आरोप नेपालीले लगाए।नेपाली कांग्रेसले २०४७ सालको संविधान ल्याउन,अहिलेको संविधान खारेज गर्नको निम्ति अहिंसक जनआन्दोलनको नेतृत्व नगरेर २०४७ सालमा फर्किएन भने नेपाल रहँदैन।यसो गर्न नसकेमा कांग्रेस पार्टी भंग गरिदिए हुन्छ।

अब नेताको पढाई र सम्पत्ति खोजी गरे जेल

Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
#
Description: अब नेताको पढाई र सम्पत्ति खोजी गरे जेल
  • Uploaded by: Bednath
  • Views:
  • Category: ,
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © VideoNews | Designed by Templateism.com | Blogger Templates